‘समुदायमा कांग्रेस’ अभियानका लागि नुवाकोटमा रिजाल खटाईए

विदुर खबर २०८० माघ १४ गते १४:३०

नुवाकोट । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि भन्दै नुवाकोटमा डा. मिनेन्द्र रिजाललाई खटाएको छ ।

Advertisement

अभियानमा कांग्रेसले शीर्ष नेताहरुलाई प्रदेशगत रुपमा खटाएको छ । समुदायमा कांग्रेस अभियानका लागि फरक टोली फरक जिल्ला जाने गरी शीर्ष तहका नेतालाई जिल्ला तोकिएको छ ।

फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

Advertisement

जिल्ला कार्यसमितिले तय गरेको समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलमा नेताहरु सहभागी हुनेछन् ।

१६ गतेदेखि २६ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अवधिभर नेताहरु तोकिएको जिल्लामा रहने छन् ।

Advertisement

रिजाललाई नुवाकोट सहित काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, र रसुवा जिल्लाको लागि समेत जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया