माल्दिभ्सको नतिजा चाडै सार्वजनिक हुने निर्वाचन आयोगको दावी

विदुर खबर २०७५ असोज ११ गते १४:११

Advertisement

माले असोज ११, माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ ।

आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने बिहीबार जानकारी दिएको अधिकारीहरूले बताएका छन् ।
आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ दल प्रोगे्रसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले केही चासोका विषय उठाएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला हुने छैन ।
मुलुकको निर्वाचन कानूनमा निर्वाचन भएको सात दिन भित्रमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्नै पर्ने व्यवस्था गरिएको छ ।

Advertisement

पिपिएमका नेताहरूले बुधबार अबेर स्थानीय पत्रकारहरूसँग निर्वाचनका बारेमा असन्तुष्टि व्यक्त गरेका थिए ।
पिपिएमको तर्फबाट केही टिप्पणीहरू आएको प्रमुख निर्वाचन आयुक्त अहमद शरीफले पनि पुष्टी गर्नुभएको छ । शरीफले पिपिएमको टिप्पणीहरूलाई हेरेर उपयुक्त निर्णय लिने पनि स्पष्ट पार्नुभयो ।
उहाँले यस्ता जे जति विवाद तथा टिप्पणीहरू भएपनि ती सवैको निरुपण गरेर चाडै नै निर्वाचन नतिजा सार्वजनिक गर्ने दावी गर्नुभयो । उहाँले कानुनमा व्यवस्था भएजस्तो सात दिन भन्दा बढी समय नलाग्ने स्पष्ट पार्नु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  अनौपचारिक रुपमा आएका विवरणहरूका अनुसार प्रतिपक्षी दलको तर्फबाट उम्मेदबार बन्नु भएका इब्राहिम मोहम्मद सोलिह राष्ट्रपतिमा विजयी हुनुभएको छ । उहाँले ५८.३ प्रतिशत मत प्राप्त गरेको समाचारमा जनाइएको छ ।

( रासस÷सिन्ह्वा) 

Advertisement

प्रतिक्रिया