जन्मकैदको सजाय पाएका धादिङका दवाडी २१ वर्षपछि पक्राउ
नुवाकोट । श्रीमतीको हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका प्रतिवादीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सर्वस्वसहित जन्मकैद पाएका धादिङका सूर्यबहादुर दवाडीलाई नेपाल प्रवेश गर्न लाग्दा पक्राउ गरिएको हो ।
धादिङको ज्वालामुदी गाउँपालिका-१ का दवाडीले अंश विवादमा श्रीमतीको हत्या गरेका थिए । प्रहरीका अनुसार ‘अंश सम्बन्धी विषयमा झगडा भई आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसि कर्तव्य गरी रूखमा झुण्डाई हत्या गरी लासलाई धादिङ जिल्ला मैदीस्थित ग्याल्मा र बुढी गण्डकीको दोभानमा लगि जलाई सतगद गरेको कर्तव्य ज्यानसम्बन्धी अनुसन्धानमा धादिङ जिल्ला अदालतको २०६१ जेठ ५ को फैसलाले प्रतिवादी सूर्यबहादुर दवाडीलाई सर्वस्वसहित जन्मकैद र सर्वोच्च अदालतको मिति २०६७ माघ ३ गतेको फैसला पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई धादिङ जिल्ला अदालतको मिति २०६१ जेठ ५ गतेको फैसलालाई सदर गरेको थियो ।’
सूर्यबहादुर फरार भई भारतको विभिन्न स्थानहरूमा लुकी छिपी बसेको र हाल निज नेपालमा प्रवेश गर्दै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीको सीआईबीको टोलीले माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको थियो ।
दवाडीलाई धादिङ पठाइएको पनि सीआईबीले उल्लेख गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया