मध्यपहाडी लोकमार्गले सम्भावनाको ढोका खोलेको छ : अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको बताएका छन् ।
सोमबार नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रममा मन्त्री महतले मध्यपहाडी लोकमार्ग आयोजना निर्माणले मध्यपहाडको विकासमा ठूलो सम्भावनाको ढोका खुलेको बताए ।
नुवाकोटको सो गाउँलाई समेत लोकमार्गले जोडेको छ । ‘पहिला लोकमार्गलाई यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ,’ महतले भनेका थिए, ‘अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’
गृह जिल्ला पुगेका मन्त्री महतले सडक निर्माणले दुर्गम गाउँलाई देशको राजधानीसँग जोड्ने काम भएको भन्दै अब त्यसको माध्यमबाट गाउँका बासिन्दाले आर्थिक संमृद्धिका लागि काम गर्न सक्नुपर्ने बताए ।
‘सरकारले उत्पादनमा अनुदान दिने नीति बजेटमार्फत् ल्याएको छ । पहिले जस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ,’ उनले भने, ‘अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइन्छ ।’
मन्त्री महतले आफू मन्त्री भएपछि क्षेत्रको विकासलाई समेत प्राथमिकतामा राखेको दाबी गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया