लायन बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । नुवाकोटको विदुर २ बट्टारमा रहेको लायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले गत आर्थिक वर्षको आयब्यय विवरणका साथै चालु आर्थिक वर्षको निती तथा कार्यक्रम र बजेट पारित गरेको छ । सभाको विदुर २ का वडाध्यक्ष दिपक कायस्थले उद्घाटन गरेका हुन् ।
साधारणसभा उद्घाटन गर्दैै वडाध्यक्ष कायस्थले छरिएर रहेको वचत संकलन गरी पुँजी निर्माण गर्दै आर्थिक सम्बृद्धी र रोजगारी सिर्जनामा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए । सभामा राष्ट्रिय सहकारी बैंकका नुवाकोट शाखा प्रमुख प्रदिप अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका छन् ।
सभामा सहकारीका अध्यक्ष कुवेरमान श्रेष्ठले चालु आवको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ५ करोड पु¥याउने लक्ष्य रहेको वताए । कोषाध्यक्ष धु्रवप्रसाद ढकालले गत आवमा सहकारीले १४ करोड ८१ लाख ८६ हजार ५ सय ३९ रुपैयाँ वचत संकलन तथा ८ करोड ६२ लाख ८६ हजार ८ सय ४५ रुपैयाँ कर्जा लगानी गरी १२ लाख ३६ हजार रुपैयाँ खुद बचत गरेको प्रतिबेदन पेश गरेका छन् ।
सहकारीले चालु आवमा २ करोड २५ लाख रुपैयाँ आम्दानी गरी करिव २५ लाख रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । सहकारीले साधारणसभाको अवसरमा उत्कृष्ट वचतकर्ता, ऋणी तथा अन्य विधामा पुरस्कार तथा सम्मान वितरण गरेको छ ।
उत्कृष्ट वचतकर्तातर्फ भवानी सुवेदी, रामशरण सिटौला, उत्कृष्ट ऋणीतर्फ सविन अमात्य, मुकुन्द बजगाईं, उत्कृष्ट बाल वचतकर्तातर्फ युनिषा श्रेष्ठ र श्रेया तामाङलाई पुरस्कृत गरिएको छ ।
यस्तै, पूर्व कर्मचारीहरु आयशा कार्की, माधवप्रसाद अधिकारी, हेमलता डंगोल, चार्टड एकाउन्टेण्ट सुनिजा श्रेष्ठलाई सम्मान गरिएको छ । सेयरसदस्यका सन्तानमध्ये एसईईमा उत्कृष्ट ग्रेड ल्याउने रजिक्षा अमात्य र अनुष्का उप्रेतीलाई सम्मान गरिएको छ ।
संस्थामा कार्यरत कर्मचारीमध्ये बरिष्ठ संकलक बिकास लामिछानेलाई यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया