हत्याको आरोपमा शिवपुरीका सुकु तामाङ पक्राउ

नुवाकोट । बृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुकु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक संजय सिंह थापाले जानकारी दिए ।
गत सोमवार राती १० बजेको समयमा शिवपुरी गाउँपालिका वडा नम्बर ६ खत्रीटोल वस्ने ७५ वर्षिय नेत्र कुमारी घर्ती क्षेत्रीको धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो ।
ADVERTISEMENT
अनुसन्धानको क्रममा घटनामा संलग्न तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न तामाङको साथबाट प्रहरीले ८३ हजार रुपैयाँसहित मृतकले कानमा लगाएको सुनको बेरुवा र पोते बिनाको तिलहरी वरामद गरेको छ ।
हत्यापछि फरार रहेको तामाङलाई प्रहरीले बुधवार आफ्नै घरमा लुकी रहेको अवस्थामा पक्राउ गरेको छ । निज अभियुक्तलाई मुलुकि अपराध संहिता २०७४ बमोजिम ज्यान तथा लुटपाट सम्बन्धी कसूरमा जिल्ला अदालत नुवाकोटबाट ७ दिन म्याद थप गरि अनुसंधान अगाडी बढाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया