दुप्चेश्वरको मन्दिरको भेटी झण्डै पाँच लाख रुपैयाँ
नुवाकोट । नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा झण्डै पाच लाख रुपिया भेटी रकम सङ्कलन भएको छ ।
यस वर्ष धान्य पूर्णिमामा लागेको मेलामा भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो । दुप्चेश्वर क्षेत्र विकास कोषले बिहीबार दान तथा भेटीको गणना गरी सार्वजनिक गरे अनुसार हाटकर तथा भेटी ४ लाख ९३ हजार ८६५ रुपैयाँ सङ्कलन भएको कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मेलामा पार्किङ तथा जुत्ता चप्पल व्यवस्थापन वापतको रकम भने गन्न बाकी रहेको छ ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार मन्दिरमा हजारको ५ हजार रुपैयाँ, पाँच सयको ११ हजार पाँच सय रुपैयाँ, सयको १ लाख ११ हजार ७ सय, ५० को ९३ हजार ६५० रुपैयाँ, २० को ७३ हजार ६ सय रुपैयाँ, १० को ७२ हजार ९४० र ५ को ६३ हजार ५ रुपैयाँ संकलन भएको छ ।
कोषले भेटी गणना स्थानीय राजनीतिकर्मी, अगुवा युवा लगायतको उपस्थितिमा गरेको थियो । कोषाध्यक्ष श्रेष्ठले पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको सहि व्यवस्थापनका लागि प्रयासरत रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया