दोहोरो अंकले घट्यो परिसूचक, कारोबारमा ३४ करोडको गिरावट

नुवाकोट असोज ११, साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ।
नेप्से परिसूचकमा दोहोरो (१० दशमलव ५६) अंकको गिरावट आएर १२ सय ६७ दशमलव १८ को बिन्दुमा आइपुगेको छ। ‘क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ४९ अंकले घटेर २ सय ६९ दशमलव २३ को बिन्दुमा आइपुगेको छ।
बिहीबार १ सय ६९ कम्पनीको ५७ करोड ३८ लाख २० हजार ९ सय ६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि बुधबार ९१ करोड ४६ लाख ५६ हजार ८ सय ८४ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। यसरी हेर्दा बुधबारको तुलनामा बिहीबार कारोबार रकम ३४ करोड रुपैयाँले गिरावट आएको छ।
बिहीबार कारोबारमा आएको होटल समूह र उत्पादन तथा प्रशोधन समूह बाहेकका अन्य सबै समूहमा गिरावट आएको छ। होटल समूह १३ दशमलव ०५ अंकले र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ४७ अंकले बढेको छ। यता सर्वाधिक गुमाउनेमा निर्जीवन बिमा समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। निर्जीवन बिमा समूहका लगानीकर्ताले ६७ दशमलब ०२ अंकको घाटा व्यहोरेका छन्। त्यस्तै जीवन बिमा समूह २९ दशमलव ०७ अंकले घटेको छ।
बिहीबार नेसनल हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले बढेर ८९ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै बोटलर नेपाल तराइका लगानीकर्तालाई प्रतिकित्ता २ सय ७२ रुपैयाँ नाफा हात लागेको छ।
लगानी गुमाउनेमा भने हिमालयन पावर पार्टनरका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले घटेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया