नुवाकोटमा फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ

विदुर खबर २०८० पुष ६ गते २१:२१

नुवाकोट । नुवाकोटमा नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी ३५ बर्षपछी पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोटको साबिक चौघडा गाविस वडा नम्बर ७, हाल परिवर्तित लिखु गाउँपालिका वडा नम्बर ४ का कालीबहादुर भन्ने धम्वे राई रहेका छन् ।

उनलाई नकबजनी चोरी मुद्दामा वि.स २०४५ साल भदौ ३० गते जिल्ला अदालत नुवाकोटले १ महिना १५ दिन कैद र५७ हजार ८ सय १७ रुपैयाँ जरीवाना गरेको गरेपनि उनी फरार रहेका थिए ।

Advertisement

तर बिहिबार प्रहरीको टोलीले आफ्नै गाउँमा लुकीरहेका राईलाई पक्राउ गरि शुक्रवार जिल्ला अदालत नुवाकोट पेश गरेको थियो ।
अदालतमा उनले ५७ हजार ८ सय १७ रुपैयाँ जरीमाना दाखिल गरेका छन् भने १ महिना १५ दिन कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी तथा डिएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया