कांग्रेस सभापति देउवा नुवाकोट आउँदै
विदुर खबर
२०८० मंसिर २९ गते २१:३५
नुवाकोट । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरवहादुर देउवा नुवाकोट आउने भएका छन् ।
नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनमा भाग लिन देउवा आगामी पुष २ गते नुवाकोट आउन लागेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश महतले जानकारी दिए ।
कांग्रेस पार्टी कार्यालय विदुरमा हुने प्रथम जिल्ला सम्मेलनमा भाग लिन कांग्रेसका हेभिवेट नेताहरु नुवाकोट आउने बताइएको छ । नुवाकोट आउने नेताहरुमा शेखर कोइराला, सह–महामन्त्री डिना उपाध्याय केन्द्रिय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशरण महत र वहादुरसिंह लामासँगै नेपाली कांग्रेस बाग्मति प्रदेश सभापति इन्द्र बानिँया रहेका छन् ।
जिल्ला सम्मेलन भव्य बनाउन विभिन्न समिति तथा उपसमितिहरु समेत गठन गरिएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया