कांग्रेस महासमिति बैठक सर्‍यो, नयाँ मिति फागुन ७ देखि १० सम्‍म

विदुर खबर २०८० मंसिर २९ गते २०:२७

नुवाकोट । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ।

Advertisement

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको नेता बिमलेन्द्र निधिले जानकारी दिए।

यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो। यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता निधिले बताए।

Advertisement

प्रतिक्रिया