संखादेवी माविका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

विदुर खबर २०७५ असोज १० गते ९:३७


नुवाकोट असोज १०, असहाय जेहेन्दार तथा जनजातिको लागि शिक्षा नामक संथाले मंगलबारदेखि संखादेवी माध्यामिक विद्यालयको नर्सरीदेखि कक्षा ३ सम्मको बालबालिकालाई दिवा खाजा व्यवस्था गरेको छ ।

Advertisement

चालु शैक्षिक सत्रको अन्त्यसम्म खाजाको व्यवस्था गर्ने संस्थाका कोषाध्यक्ष राममणि अधिकारीले विदुर खबरलाई बताए । विद्यालयमा विद्यार्थीलाई खाजा वितरण कार्यक्रमको शुभारम्भ संस्थाका सचिब नबराज अधिकारी र कोषाध्यक्ष राममणि अधिकारीले गरेका थिए । जनजातिको लागि शिक्षा नामक संस्थाले संखादेवी माध्यामिक विद्यालयलाई विगत २० वर्षदेखि विभिन्न शैक्षिक र आर्थिक सहयोग गर्दै आइरहेको छ ।

सो सस्थाले जिल्लाको विभिन्न स्थानमा रहेको बिद्यालयहरुलाई प्रत्येक वर्ष कम्प्युटर लगायत सैक्षिक सामाग्री, प्रत्येक बर्षमा असहाय ,अशक्त अपांगलाई बार्षिक ५ हजारका रुपैयाँको दरले वितरण गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया