त्रिशुली जलविद्युत कम्पनिको शेयर कारोवार शुरु
नुवाकोट । त्रिशुली जलविद्युत कम्पनिको शेयर बिहिबारबाट कारोवारमा आएको छ ।
दोस्रो बजारमा सूचीकृत भएको ८ कारोबार दिनपछि बिहिबार पहिलो कारोबार भएको हो । यस कम्पनीको शेयर दोस्रो बजारमा पहिलो कारोबार २६८ रुपैयाँमा भएको छ । पहिलो कारोबार दिनमा नै सर्किट लेभलमा कारोबार भएर २९४ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।
कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता शेयर दोस्रो बजारमा सुचीकृत भएको थियो । कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज दिएको थियो ।
कम्पनीको शेयर बिक्री भएर बाँडफाँड भएको झण्डै ५ वर्ष भएको छ । कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। सो शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो ।
सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिशेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म भुक्तानी गर्न माग गरेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया