त्रिशुली जलविद्युत कम्पनिको शेयर कारोवार शुरु

विदुर खबर २०८० मंसिर २१ गते १३:४७

नुवाकोट । त्रिशुली जलविद्युत कम्पनिको शेयर बिहिबारबाट कारोवारमा आएको छ ।

Advertisement

दोस्रो बजारमा सूचीकृत भएको ८ कारोबार दिनपछि बिहिबार पहिलो कारोबार भएको हो । यस कम्पनीको शेयर दोस्रो बजारमा पहिलो कारोबार २६८ रुपैयाँमा भएको छ ।  पहिलो कारोबार दिनमा नै सर्किट लेभलमा कारोबार भएर २९४ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता शेयर दोस्रो बजारमा सुचीकृत भएको थियो । कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज दिएको थियो ।

Advertisement

कम्पनीको शेयर बिक्री भएर बाँडफाँड भएको झण्डै ५ वर्ष भएको छ । कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। सो शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो ।

Advertisement

सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिशेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म भुक्तानी गर्न माग गरेको थियो।

प्रतिक्रिया