वाग्मती प्रदेशको संसदीय समिति झन्डै एक वर्षदेखि नेतृत्वविहीन
नुवाकोट । वाग्तमी प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान कायमै राख्दा बैठक निष्कर्षविहीन भएको हो।
बैठकमा बजेट कार्यान्वयन, समितिका सभापतिको चयन र पूर्वाधार विकास कोषको रकम सम्बन्धमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए। सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले पुनः अर्को बैठक बस्नेगरी आइतबारको बैठक स्थगित भएको नेता खनालले बताए। यद्यपि सहमतिको प्रयासलाई भने सत्तापक्षले जारी राख्ने उनले स्पष्ट पारे।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सरकार प्रदेशको विकास र गणतन्त्रप्रति गम्भीर नबनेको आरोप लगाएको छ।एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारलाई सही बाटोमा हिँड्न र मनोमानी ढंगले अगाडि नबढ्न सचेत गराएको बताए।
एमालेले सत्तापक्षसँग संसदीय समितिको नेतृत्वको सवालमा बार्गेनिङ नगरेको पनि नेता थपलियाले स्पष्ट पारे। बजेट पास गर्ने बेला गरेको सम्झौतालाई कार्यान्वयन गर्न सरकारले आनाकानी गरेको नेता थपलियाको भनाई छ। नेता थपलियाले प्रदेशको विकास र समृद्धिको लागि एमालेले भने सरकारसँग संवाद गरिरहने पनि स्पष्ट पारे।
वाग्मती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी पाँचवटा विषयगत समिति छन्। समितिको सभापतिमा सबै राजनीतिक दलहरुको आ–आफ्नै दाबी रहँदा सभापति चयनको बिषय नै पेचिलो बनेको छ।
त्यसो, प्रदेशमा रहेका सात राजनीतिक दलहरुलाई नै भाग पुर्याउन उदेश्यले दुईवटा समिति थप्ने तयारीमा मुख्यमन्त्री जम्मट्टेल रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एकैदिन ६२ हजारले गरे कांग्रेस सदस्यता अद्यावधिक
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना
नुवाकोट जेसिजको अध्यक्षमा लामिछाने





प्रतिक्रिया