रसुवामा छाेराद्वारा आफ्नै बाबुको हत्या

विदुर खबर २०८० मंसिर १५ गते २१:१२
सांकेतिक तश्वीर ।

रसुवा। रसुवाको गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ सानाे भार्खुमा अत्यधिक मदिरा सेवन गरेका आफ्नै छाेराले लठ्ठीले हिर्काएर बाबुको हत्या गरेका छन् ।

Advertisement

गए राति करिव १० वजेकाे समयमा ४० वर्षीय गाेपाल तामाङ (छाेरा) ले आफ्नै ६६ वर्षिय बुबा छेवाङ तामाङलाई टाउकाेमा लठ्ठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख डिएसपी सुवास वुढाथाेकिक जानकारि दिए ।

मृतकलाई रसुवा अस्पतालमा पाेष्टमार्टमका लागि ल्याईएकाे र घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

Advertisement

प्रतिक्रिया