मेरो माइक्रोले पन्ध्र प्रतिशत बोनस दिएर शतप्रतिशत हकप्रद बेच्ने, बोलायो साभारण सभा

विदुर खबर २०७५ असोज १० गते ७:२२

Advertisement

नुवाकोट असोज १०, नुवाकोटका बट्टारमा केन्द्रिय कार्यलय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्था (MERO) ले गत बर्षको लाभांश सहित शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले आउँदो कार्तिक ९ गते, नुवाकोटको होटल वाटर टावरमा बिहान ११ः३० बजे साधारण सभा डाकेको हो ।कम्पनीले यस अघि घोषणा गरेको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश पारित गर्नेछ । त्यसपछि शेयरधनीहरुलाई शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारण सभाबाट पारित गर्ने भएको छ ।

Advertisement

यस्तै साधारण सभामा संचालक समितिको बार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिबेदन सहित वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । कम्पनीको छैटौं बार्षिक साधारण सभाका लागि असोज १७ देखि कात्तिक ९ गतेसम्म शेयरधनी किताब बन्द गर्ने जनाएको छ । यस अनुसार असोज १६ गतेसम्म कायम रहेका सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछ ।

प्रतिक्रिया