लिखु गाउँपालिकाको सबै विद्यालयमा विद्युतीय हाजिरी

विदुर खबर २०७५ असोज ९ गते १४:३०

Advertisement

नुवाकोट असोज ९, नुवाकोटको लिखु गाउँ पालिकाका सबै विद्यालयमा विद्युतीय हाजिरीको सुरुवात गरिएको छ।

गाउँ पालिकाका १९ वटा सरकारी विद्यालयमा विद्युतीय हाजिरीको सुरुवात गरिएको लिखु गाउँपालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेले बताउनुभयो । विद्युतीय हाजिरीले विद्यालयमा हुनसक्ने शिक्षक अनुपस्थितीलाई चुस्त राख्न सहयोग पुग्ने महेन्द्र महेशदेव उच्च माध्यमिक विद्यालय थान्सिङका प्रधानाध्यापक मदन श्रेष्ठ बताउनुहुन्छ। गाउँपालिकामा शैक्षिक क्षेत्रलाई उच्च स्तरमा बिकास गराउने मुल उदेश्यका साथ सबै विद्यालयमा ई-हाजिरी प्रणाली भित्र्याएको गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो ।उहाँको अनुसार अबका दिनमा ई-हाजिरी सगै विद्यार्थीको शैक्षिक नजिजा र प्रगति विवरण मा पनि बिशेष रखबार गरिने छ।

Advertisement

लिखु गाउँ पालिकाको शिक्षा शाखा मार्फत पाँच लाख सत्तरी हजार मुल्य बराबरको बिजिस्मार्ट ई-हाजिरी बक्सहरुले वर्ष भरीको यस गाउँ पालिकाका शिक्षकहरुको हाजिरी नजिजा राख्नेछ। शिक्षक विद्युतीय हाजिरी प्रणाली सगै आगामी दिनमा विद्यार्थी हाजिरी प्रणाली लाई पनि विद्युतीय गर्न सके वास्तविक विद्यार्थी संख्या एकिन गर्न सहज हुने सिद्दी गणेश प्रार्थमिक विद्यालयका प्रधानाध्यापक कमला प्याकुरेल बताउनुहुन्छ।यस प्रकारको थप प्रणाली अपनाउन सके कार्यक्रम मुल्यांकन सम्पादनमा राहत मिल्ने शिक्षा क्षेत्रका बिज्ञहरुले चासो देखाएका छन।

प्रतिक्रिया