नुवाकोटको त्रिशुलीमा खोलाले बगाउँदा ६ वर्षिया बालिका बेपत्ता
विदुर खबर
२०८० मंसिर ३ गते ११:२०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा त्रिशुली खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् ।
शनिवार साँझ ५ बजेको समयमा त्रिशुली खोला किनारमा खेल्ने क्रममा म्यागङ गाउँपालिका वडा नम्बर ४ की अन्जिला तामाङलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता भएकी बालिकाको खोजिमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियबासीले खाजी गरेपनि अझै भेट्न सकेको छैन ।
उनको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालय, तारुका प्रहरी चौकीबाट प्रहरीको टोली खटिएको छ ।
सम्बन्धित
प्रतिक्रिया