तारकेश्वर गाउँपालिकाका प्राविधिकहरूको सरुवा
विदुर खबर
२०८० कार्तिक २२ गते २०:००
नुवाकोट । तारकेश्वर गाउँपालिकाले सबै वडामा कार्यरत प्राविधिकहरूको सरुवा गरेको छ ।आज गाउँपालिका अध्यक्ष शिव अधिकारीको निर्देशनमा गाउँपालिका प्रशासनले प्राविधिकहरूको कार्यक्षेत्र हेरफेर गरेको हो । गाउँपालिकाले दिएको जानकारी अनुसार, वडा नं १ मा कार्यरत सन्जु रेग्मीलाई वडा नं ३ मा खटाइएको छ भने वडा नं ३ मा कार्यरत डम्बर राज थापालाई वडा नं ६ मा पठाइएको छ ।
यस्तै, वडा नं ४ मा कार्यरत कवि कुँवरलाई वडा नं ५ मा, वडा नं ५ मा कार्यरत विकास लोप्चालाई वडा नं ४ मा र वडा नं ६ मा कार्यरत सीताराम अर्याललाई वडा नं १ मा पठाइएको छ । वडा नं २ मा कार्यरत बुद्ध लामा भने सोही वडामा रहने छन् ।
गाउँपालिका अध्यक्ष शिव अधिकारीले लामो समयदेखि एउटै वडामा रहेका प्राविधिकहरूलाई अझै चलायमान बनाउन अन्तर वडा सरुवा गरिएको बताएका छन् ।
नयाँ बजेट कार्यान्वयनको चरणमा रहेको र योजनाहरूको सर्भे र एस्टिमेट गर्ने समय भएकाले नयाँ ऊर्जाका साथ समयमै बजेट कार्यान्वयनमा खटिन प्राविधिकहरूलाई निर्देशन दिएको उनले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया