उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो
नुवाकोट ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ (फर्दर पब्लिक अफरिङ) मंगलबारदेखि खुलेको छ ।
संस्थाले अंकित मूल्य १०० दरले एक लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणमा निस्कासन गरेको हो । न्यूनतम १० र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था बनेको हो ।
कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो । कुल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँको २४.५५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख १४ हजार ६०२ रुपैयाँको सेयर मात्रै सर्वसाधारण समूहको छ ।
यसलाई ३० प्रतिशत पुर्याउन कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निस्कासन गर्न लागेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया