देशभर महिलामाथि दुव्र्यवहार बढेको भन्दै सिडियोमार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र

नुवाकोट असोज ८,कञ्चनपुरको १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा संलग्न अपराधीहरुको पहिचान गरी तत्काल कानुनी कठघरामा ल्याउन माग गर्दै महिला तथा बालबालिका संरक्षण जिल्ला सञ्जाल समिती नुवाकोटले जिल्ला प्रशाासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
दैनिकीजसो मुलुकमा महिला हिंसा र हत्या र बलात्कारका घटनाहरु घट्दै गएपनि बर्तमान सरकारको गलत रबैया र फितलो अनुसन्धानले अपराधीहरुले उन्मुक्ति पाउदै गएको समितिले जनाएको छ । महिला हिसांको सन्दर्भमा सरकारी उदासिनताले झनै आपराधिक मनोबृत्तिलाई प्रत्सोहन गरेको भन्दै सरकारले त्यसतर्फ गम्भीर भएर सोच्नुपर्ने महिला तथा बालबालिका संरक्षण जिल्ला सञ्जाल समितीले ध्यानाकर्षण गराएको छ ।
समितिले मुलुकभर जस्तै नुवाकोटमा पनि महिला माथी भैरहेको जघन्य अपराधहरु बढ्दै गएको र संलग्नहरुको यथासिघ्र पहिचान गरी उनीहरुलाई कानुनको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । हिजो निर्मला पन्तको हत्यारालाई खोजी गरी सजाय दिन माग गर्दै देशैभरका जिल्लाहरुमा जस्तै नेपाल महिला संघ नुवाकोटले पनि प्रशाासन मार्फत ज्ञापनपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । संजालले देशव्यापी रुपमा महिला तथा बालबालिका माथि हिंसा बढ्न थालेको भन्दै घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरेको महिला तथा बालबालिका संरक्षण जिल्ला संजाल नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया