साहारा फाउन्डेसनको शंखादेवि माविलाई एक लाख रुपैयाँको स्वास्थ्य सामाग्री
नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारमा रहेको सामाजिक संस्था साहारा फाउन्डेसनले तारकेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको शंखादेवि माध्यामिक विद्यालयलाई एक लाख रुपैयाँ बरावरको स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको छ ।
शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रममा संस्थामा अध्यक्ष सुदिप घिमिरेले विद्यालयलाई आवश्यक पर्ने स्वास्थ्य तथा सरसफाई सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै साहारा फाउन्डेसनका अध्यक्ष सुदिप घिमिरेले विद्यालयले विभिन्न स्वास्थ्य सामाग्रीहरु आवश्यक रहेको भन्दै माग गरेपछि माग गरे वमोजिमका स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको जानकारी दिए । अध्यक्ष घिमिरेले चालु आर्थिक वर्ष २०८०÷८१ को लागि विद्यालयमा चाहिने स्वास्थ्य तथा सरसफाई सामाग्रीहरु निशुल्क उपलब्ध गराउने समेत प्रतिवद्धता जनाए ।
उनले आफुले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा तारकेश्वरमा रहेका अन्य विद्यालय र स्वास्थ्य संस्थाहरुको आवश्यकताको पहिचान गरेर सहयोग गर्न तयार रहेको समेत बताए ।
कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक दामोदर कुईकेलले विद्यालयलाई आवश्यक पर्ने स्वास्थ्य तथा सरसफाई सामाग्री विद्यालयकै पुर्व विद्यार्थीबाट पाउनु आफैमा गौरवको कुरा भएको भन्दै खुशी व्यक्त गरे ।
उनले विद्यालयको आफ्नै भरपर्दाै स्रोत नभएकोले सामाजिक संस्था र व्यक्तिहरुसँग सहयोग लिएर विद्यार्थीहरुमा स्वास्थ्य सेवा पुराइरहेको बताए ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया