अध्यक्ष अधिकारीद्वारा रंगशालाको शिलान्यास
विदुर खबर
२०८० असोज २५ गते १८:४६
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा पालिकास्तरीय रंगशाला निर्माण हुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वडा नम्बर १ स्थित जव्वरेचौरमा निर्माण हुन लागेको रंगशालाको बिहिबार शिलान्यास गरेका हुन् । रंगशाला निर्माणको लागि पालिकाले २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । शिलान्यास भएको रंगशाला आगामी माघभित्र सक्ने लक्ष्य लिइएको छ ।
रंगशालाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले पालिकाको खेलकुद क्षेत्रको विकासको लागि कोशेढुङ्गा सावित हुने बताए । पालिकाको खेल क्षेत्रको विकासको लागि म प्रतिवद्ध छु , खेल क्षेत्रलाई पालिकाले सधैँ प्राथमिकता राखेको उनले बताए ।
यसअघि पालिका अध्यक्ष अधिकारीले आजै विभिन्न फुटवल क्लबहरुलाई खेल सामाग्री वितरण गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया