सुर्यगढीले किन्यो आफ्नै डोजर, विकास निर्माणमा सहज हुने
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आफै डोजर खरिद गरेको छ ।
सुर्यगढी गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा स्वीकृत वार्षिक बजेटमा उल्लेख भए अनुसार गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम जे.सि.बि.(ब्याक हु लोडर) खरिद गरेको हो ।
खरिद गरेर ल्याइएको जेसिबि आईतवारदेखि संचालनमा ल्याइएको छ । जेसिबि संचालनमा आएसँगै गाउँपालिकाको ५ वटै वडाको तत्काल ६२ किलो मिटर बाटो सफा गरिने गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए । उनले पहिला प्राथमिकताको आधारमा पर्ने सडकहरु सफा गरेर शाखा सडकहरु सफा गरेर चाडपर्वमा सबै वडामा वस चल्ने वातावरण मिलाइने अध्यक्ष घलेले बताए ।
गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै डोजर खरिद गरिएको अध्यक्ष घलेले बताए । गाउँमा सडक निर्माण, स्तरवृद्धि र पूर्वाधार निर्माणका कामलाई मितव्ययी तथा व्यवस्थित बनाउन आफ्नै डोजर खरिद गरेर ल्याइएको उनले बताए ।
यसअघि पालिकामा डोजर नहुँदा वर्षायाममा निकै समस्या हुँदै आएको थियो । सडक अवरुद्ध हुँदा धेरै दिन कुर्नु पर्ने र पाए पनि चर्को भाडा तिर्नु पर्ने समस्या अबदेखि हटेर जाने गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए ।
डोजरको नियमित संचालनका लागि चालक समेत नियुक्त गरिएको छ । अबदेखि पालिकाका ५ वटै वडाका जुनसुकै टोलमा सडक निर्माण गर्नुपरेमा वा पुरानो सडक मर्मत तथा स्तरोन्नती गर्नुपरेमा आफ्नै डोजरको प्रयोग गरिने भएको छ ।
यसवाट पालिकाको लागत घट्नुका साथै समस्या आउने वित्तिकै तत्काल समाधान समेत गर्न सकिने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया