सुर्यगढीले किन्यो आफ्नै डोजर, विकास निर्माणमा सहज हुने

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आफै डोजर खरिद गरेको छ ।
सुर्यगढी गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा स्वीकृत वार्षिक बजेटमा उल्लेख भए अनुसार गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम जे.सि.बि.(ब्याक हु लोडर) खरिद गरेको हो ।
खरिद गरेर ल्याइएको जेसिबि आईतवारदेखि संचालनमा ल्याइएको छ । जेसिबि संचालनमा आएसँगै गाउँपालिकाको ५ वटै वडाको तत्काल ६२ किलो मिटर बाटो सफा गरिने गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए । उनले पहिला प्राथमिकताको आधारमा पर्ने सडकहरु सफा गरेर शाखा सडकहरु सफा गरेर चाडपर्वमा सबै वडामा वस चल्ने वातावरण मिलाइने अध्यक्ष घलेले बताए ।
गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै डोजर खरिद गरिएको अध्यक्ष घलेले बताए । गाउँमा सडक निर्माण, स्तरवृद्धि र पूर्वाधार निर्माणका कामलाई मितव्ययी तथा व्यवस्थित बनाउन आफ्नै डोजर खरिद गरेर ल्याइएको उनले बताए ।
यसअघि पालिकामा डोजर नहुँदा वर्षायाममा निकै समस्या हुँदै आएको थियो । सडक अवरुद्ध हुँदा धेरै दिन कुर्नु पर्ने र पाए पनि चर्को भाडा तिर्नु पर्ने समस्या अबदेखि हटेर जाने गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए ।
डोजरको नियमित संचालनका लागि चालक समेत नियुक्त गरिएको छ । अबदेखि पालिकाका ५ वटै वडाका जुनसुकै टोलमा सडक निर्माण गर्नुपरेमा वा पुरानो सडक मर्मत तथा स्तरोन्नती गर्नुपरेमा आफ्नै डोजरको प्रयोग गरिने भएको छ ।
यसवाट पालिकाको लागत घट्नुका साथै समस्या आउने वित्तिकै तत्काल समाधान समेत गर्न सकिने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया