व्यवसायसँगै राजनीतिमा सक्रिय रुक्मिणी सेढाई

विदुर खबर २०८० असोज १३ गते १६:२५

नुवाकोट । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् ।

Advertisement

यस्तै उदाहरण मध्येका एक हुन् रुक्मिणी सेढाई । नुवाकोटको साविक सुर्यमति गाविसमा २०३३ सालमा जन्मिएकी रुक्मिणीलाई चिन्नेहरुले समाजसेवी, व्यवसायी, सामाजिक अभियन्ता र राजनीतिकर्मी भनेर पनि चिन्छन् । जस्ले जुन् रुपमा चिने पनि वास्तवमा खोलाको सग्लो पानीजस्तै छिन् सेढाई ।

कर्सैसँग नरिसाउने, सधैं हाँसिरहने,सहयोगी, मनकारी, नआत्तिने र हक्की स्वाभाव उनमा छ । सानैदेखि राजनीतिक चेनता भएकै कारण आफ्ना वुवा राप्रपामा क्रियाशिल हुँदाहुँदै पनि उनी स्कुल पढ्दै गरेको अवस्थामा घरबाटै विद्रोह गर्दै नेविसंघको राजनीतिमा होमिएकी थिइन् । च्वाडी स्कुलमा कक्षा ९ मा पढ्दै गर्दा अन्य विद्यार्थीहरुलाई समेत राजनीतिक चेतना दिन सेढाई विचमै पढाई छाडि शक्ति मावि दाङमै पुगेकी थिइन् । पछि पुन च्वाडी स्कुल फर्किएर एसएलसी पास गरेकी उनी बट्टार क्याम्पसको स्ववियृ सचिव समेत बनेकी थिइन् ।

Advertisement

जिल्लामा उनीसँगै विद्यार्थी समयमा राजनीति गर्नेहरुमा श्रीराम श्रेष्ठ, चोकराज शाक्य, राम श्रेष्ठ र लक्ष्मण श्रेष्ठ लगायत रहेका छन् । नेपाली कांग्रेसको सबैभन्दा सर्वाेच्च पद महासमिति सदस्य समेत रहेकी सेढाई हाल नेपाल चाईना चेम्बर अफ कर्मसको सचिव समेत हुन् । समाजसेवामा सानैदेखि लागेकी सेढाई झण्डै एक दर्जन संघसंस्थामा क्रियाशिल भएर लागि परेकी छिन् ।

कहिले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण त कहिले विभिन्न संघसंस्थामा आर्थिकदेखि जिन्सी सहयोग गर्नु उनको काम हो । नेपालमा महिलाहरु चुलो चौकामा सिमित भइरहेको अवस्थामा उनी पुरुषहरुको काधमा काध मिलाएर राजनीतिक मैदानमा होमिरहेकी छिन् ।

Advertisement

हाल नेपाल महिला जिल्ला कार्यसमिति तथा तरुण दलको जिल्ला कार्यसमितिमा समेत सक्रिय रुक्मिणी विभिन्न समयमा जेल समेत परेकी थिइन् । २०४६ सालमा विद्यालयको एक कार्यक्रममा प्रतिगामी तत्व भनेकै कारण उनलार्य सिडियोले थुन्न आदेश दिएका थिए । २०६२÷६३ सालको जनआन्दोलनमा अग्रमोर्चामा रहेर कुशल नेतृत्व दिएकी उनलाई नेपाली काग्रेस मात्रै नभई अन्य पार्टीबाट राम्रो साथ मिलेको मिल्ने गरेको छ ।

‘विभिन्न कामबाट जति कमाउँछु, त्यसको केहि हिस्सा म समाजसेवामा खर्च गर्छु । अन्य समाजसेवीहरु खोज्छु, मिलेर कमजोर वर्गलाई सहयोग गर्छु, मलाई सबैभन्दा धेरै आनन्द यसैमा आउँछ’ सामाजिक कामको कुरा कोट्याउन साथ उनले भनिन् ।

आर्थिक रुपमा सम्पन्न भएसँगै समाजसेवामा सक्रिय रहेकी उनको अवको लक्ष्य भनेको नेपाली महिला संघको राजनीति हो । ‘मलाई फोहोरी राजनीति मन पर्दैन । तर हामीजस्ता पढेलेखेका र बुझेका व्यक्तिहरु राजनीतिमा आएर समाज परिवर्तनमा लाग्नुपर्छ’ उनी भन्छन् । ‘राजनीति भनेकै समाजसेवा हो भन्ने उनको भनाई छ ।

पैसा कमाउनका लागि व्यापार व्यवसाय गर्नुपर्छ । राजनीति व्यवसाय होइन, विशुद्ध समाजसेवा हो’ उनी भन्छिन् ।

नेपाल रााष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्ष तथा महिला विभाग प्रमुख तथा चाहाना व्यापार संघको अध्यक्ष तथा नेपाल व्यापार संघ सचिव तथा अन्य विभिन्न संघसंस्थामा उनी सक्रिय भइरहेकी छिन् ।

प्रतिक्रिया