तारकेश्वर गाउँपालिकाले गरेको शिक्षक सरुवा सदर
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले गरेको शिक्षकहरुको सरुवा उच्च अदालत पाटनले सदर गरेको छ ।
बुधवार उच्च अदालत पाटनले अन्तिम फैसला सुनाउँदै गाउँपालिकाको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गर्दै गाउँपालिकाको निर्णयको सदर गरेको हो ।
पालिकाले शैक्षिक सुधारका लागि गत भदौं १८ गते गरेको काज सरुवालाई लिएर कृष्ण श्यामसहित १६ जना शिक्षकहरुले उच्च अदालतमा रिट निवेदन दिएको भएपनि उच्च अदालत पाटनले बुधबार अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश सुनाएको हो ।
यस्तै गोविन्द्रप्रसाद नेपालसहित ५ जनाले दायर गरेको रिट निवेदनमा पनि निषेधाज्ञा जारी गर्नुनपर्ने आदेश गरेको छ । यो आदेशसँगै पालिका अध्यक्ष शिव अधिकारीले शिक्षकहरुलाई जहाँजहाँ सरुवा गरिएको छ त्यही गएर अध्ययन अध्ययापन गराउन निर्देशन दिएका छन् ।
पालिकाले पहिलो चरणमा ८६ जना शिक्षक काज सरुवा गरेको थियो । शैक्षिक सुधारका लागि उक्त निर्णय गरेको भन्दै अदालतको आदेशको शिरोधार्य गर्दै आफ्नो जिम्मेवारीलाई निरन्तरता दिन शिक्षकहरुलाई गाउँपालिका अध्यक्ष अधिकारीले आग्रह गरेका छन् ।
तर शिक्षकहरुले भने पालिकाले यसरी शिक्षक सरुवा गर्न नमिल्ने भन्दै आन्दोलन गरेका थिए । उच्च अदालतको यो फैसलासँगै अन्य पालिकाहरुका लागि पनि शिक्षक सरुवा गर्ने बाटो खुलेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया