नुवाकोटमा पर्यटकहरुलाई सम्मान
नुवाकोट । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर नुवाकोटमा आएका पर्यटकहरुलाई सम्मान गरिएको छ ।
आज ढुङ्गेको मन्जरी होटलमा आयोजित एक कार्यक्रममा नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले जिल्लामा भित्रिएका पर्यटकहरुको सम्मान गरेको हो ।
काठमाडौँबाट रसुवाको लाङटाङ जाँदै गरेका जर्मनी नागरिक र केहि जिल्ला वाहिरका पर्यटकलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सन्तोष उफ्रेतीले नुवाकोट त्रिदेशिय मार्गको रुपमा विस्तार भइरहेको भन्दै पर्यटकहरुलाई लक्षित गरि विभिन्न कार्यक्रम आयोजना गरिने बताए । उनले जिल्लाका पर्यटन व्यवसायीहरुलाई एकतावद्ध बनाएर विभिन्न स्थानका पर्यटकिय क्षेत्रहरुको प्रर्वद्धन गरिने समेत उल्लेख गरे ।
पर्यटन दिवसको अवसरमा आफुहरुलाई सम्मान गरेको भन्दै जर्मन नागरिकले खुशी व्यक्त गरे । उनले नेपालमा आफुहरुलाई राम्रो आतिथ्यता प्रदान गरेको भन्दै उनले सबैलाई नेपाल आउन प्रेरित गर्ने बताए ।
त्यस्तै नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष वासुदेव अधिकारीले विश्व पर्यटन दिवसको अवसर पारेर एक साता नुवाकोटका होटल तथा रेष्टुरेन्टहरुमा खानमा १० प्रतिशत र वसाईमा १५ प्रतिशत छुट दिने बताए ।
नुुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा जिल्लाका झण्डै २ सय ७३ होटलहरु आवद्ध भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया