नुवाकोटका यातायात व्यवसायीको ब्रह्मलुट,सरकारले तोकेभन्दा एक प्रतिशतभन्दा बढी भाडा असुली

विदुर खबर २०७५ असोज ८ गते ५:०५

नुवाकोट असोज ८, नुवाकोटका यातायात व्यवसायीले यात्रुहरुमाथि ब्रम्हलुण गरेर सरकारले तोकेभन्दा एकसय प्रतिशतभन्दा बढी भाडा असुली गरेको भेटिएको छ । सरकारले शनिवार नयाँ भाडादर सार्वजनिक गरेसँगै यो तथ्य खुलेको हो ।

सरकारले शनिवार सार्वजनिक गरेको नयाँ भाडादर अनुसार देविघाट गल्छी सडकको ाडा जम्मा ४४ रुपैया हुने उल्लेख गरिएको छ तर यातायात व्यवसायीले दादागिरीको शैलीमा गल्छीदेखि देविघाटसम्म एकसय रुपैयाँ लिने गरेको गल्छी हिँड्न लागेका यात्रु श्याम श्रेष्ठले बताए । त्यस्तै सरकारले काठमाडौ त्रिशुली भाडा १ सय ७५ रुपैयाँ भएको बताएपनि नुवाकोटको सडक भएर गुड्ने पासाङल्हामु यातायात र केरुङ यातायातले यात्रुसँग डिलक्स बसको नाममा दैनिक लाखौ रुपयाँ लुटिरहेका छन ।

व्यसायीहरुले कमठमाण्डौ त्रिशुली जुनसकै रुटमा लगेपनि प्रतियात्रु २ सय २० रुपैयाँ असुली रहेका छन । यस विषयमा यातायात व्यवसायीको धारणा बुझ्न खोज्दा पासाङल्हामु यातायातका कर्मचारी बोल्न मानेनन । यातायात व्यवसायीबाट दिनदाहाडै यात्रु लुटिँदा समेत नुवाकोटको प्रहरी प्रशासनको ध्यान जान सकेको छैन ।

यस्तो छ नुवाकोटका विभिन्न रुटको भाडा

 काठमाडौ -त्रिशुली किमि ६९ भाडा रु १७५
काठमाडौ-देविघाट-त्रिशुली किमि ७२ भाडा रु १८३
काठमाडौ-धुन्चे किमि ११७ भाडा रु २९७
काठमाडौ-टोखा-त्रिशुली किमि ५३ भाडा रु १५०
काठमाडौ- टोखा- सातबिसे किमि ६१ भाडादर रु १८२
त्रिशुली-देउराली किमि १५ भाडा रु ३६
काठमाडौ- गल्छि किमि ४७ भाडादर रु ९९
त्रिशुली – चोगदे किमि १६ भाडादर रु ४२
त्रिशुली- आपरह किमि१९ भाडादर रु ५०
त्रिशुली – खरानीटार किमि २४ भाडादर रु ६२
देवीघाट- गल्छी किमि १७ भाडादर रु ४४

Advertisement

प्रतिक्रिया