तारकेश्वरमा जोरघट्ट–तारुका खानेपानीको उद्घाटन, खानेपानी समस्याको अन्त्य

विदुर खबर २०८० असोज ७ गते १९:१८

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानी समस्याको अन्त्य भएको छ ।

Advertisement

आईतवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जोरघट्ट–तारुका खानेपानीको उद्घाटन गर्दे वडा नम्बर २ र ३ मा खानेपानी समस्याको समाधान भएको बताएका छन् । दशकौंदेखि खानेपानी अभावको समस्या झेल्दै आएको तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ३ का नागरिकलाई राहत मिलेको छ अधिकारीले भने ।

तारकेश्वर गाउँपालिकाकै गौरवको रूपमा निर्माण भइरहेको जोरघट्ट खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएसँगै अब यी दुई वडाका ६५० घरधुरी लाभान्वित हुने छन् ।

Advertisement

गाउँपालिका अध्यक्ष अधिकारीले आज तीनवटै रिजर्भ ट्यांकी (नयाँ र पुराना समेत) मा पानी खसालेर खानेपानीको उद्घाटन गरेका हुन् । योसँगै, दशकौंदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य भएको छ । अधिकारीले दोस्रो चरणको (घरघरमा पक्की धारा बनाउने) काम छिटै सुरु हुने समेत बताएका छन् ।

खानेपानीको आयोजनाका लागि बाग्मति प्रदेश सरकारले गत वर्षको २५ लाख रुपैयाँ र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाका रूपमा आयोजनाका बाँकी चरणका काम छिट्टै सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष अधिकारीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया