तारकेश्वरमा जोरघट्ट–तारुका खानेपानीको उद्घाटन, खानेपानी समस्याको अन्त्य
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानी समस्याको अन्त्य भएको छ ।
आईतवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जोरघट्ट–तारुका खानेपानीको उद्घाटन गर्दे वडा नम्बर २ र ३ मा खानेपानी समस्याको समाधान भएको बताएका छन् । दशकौंदेखि खानेपानी अभावको समस्या झेल्दै आएको तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ३ का नागरिकलाई राहत मिलेको छ अधिकारीले भने ।
तारकेश्वर गाउँपालिकाकै गौरवको रूपमा निर्माण भइरहेको जोरघट्ट खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएसँगै अब यी दुई वडाका ६५० घरधुरी लाभान्वित हुने छन् ।
गाउँपालिका अध्यक्ष अधिकारीले आज तीनवटै रिजर्भ ट्यांकी (नयाँ र पुराना समेत) मा पानी खसालेर खानेपानीको उद्घाटन गरेका हुन् । योसँगै, दशकौंदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य भएको छ । अधिकारीले दोस्रो चरणको (घरघरमा पक्की धारा बनाउने) काम छिटै सुरु हुने समेत बताएका छन् ।
खानेपानीको आयोजनाका लागि बाग्मति प्रदेश सरकारले गत वर्षको २५ लाख रुपैयाँ र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाका रूपमा आयोजनाका बाँकी चरणका काम छिट्टै सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष अधिकारीले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया