विदुर कर परार्मशको विद्यार्थीलाई छात्रवृति
![](https://www.bidurkhabar.com/wp-content/uploads/2023/09/IMG_20230924_100850.jpg)
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको विदुर कर परामर्श सेवाले आफ्नो स्थापनाको १२ औ वार्षिक उत्सवको अवसर पारेर विदुरका दुईजना असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृति उपलब्ध गराएको छ ।
विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको पृथ्वी माविका कक्षा १० मा अध्ययनरत आदित्य नगरकोटी र ९ मा अध्ययनरत प्रजुना भट्टराईलाई नगद १०÷१० हजार रुपैयाँ छात्रवृति रकम विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र वडा नम्बर ४ का वडाध्यक्ष निलमबावु ढुङेगलको हातबाट वितरण गरिएको हो ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको विदुर कर परामर्श सेवाका संचालक तथा नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले प्रोत्साहन स्वरुप १०÷१० हजार रुपैयाँ छात्रवृति उपलब्ध गराइएको बताए ।
छात्रवृति वितरण कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पृथ्वी मावि बाग्मति प्रदेशको नै उत्कृष्ट विद्यालय बनेको खुशी व्यक्त गरे । उनले सबै उद्योगी व्यवसायीहरुले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व प्रायोजनार्थ विद्यार्थीहरुलाई छात्रवृति दिए उपलब्ध गराएमा अहासय र गरिव विद्यार्थीका अभिभावकहरुलाई सहज हुने बताए ।
मेयर श्रेष्ठले आफु नगरपालिकाको मेयर निर्वाचित भएदेखिनै नगरको शैक्षिक विकासमा लागि रहेको भन्दै सबैले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्न सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमवावु ढुङ्गेल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
विदुर कर परामर्शले विगत १२ वर्षदेखि नवाकोटमा प्यान भ्याटको नविकरण, एडिट तथा कम्पनि दर्ता लगायतको काम गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया