नुवाकोटको तल्लो पिपलटारमा डिब्बा भ्यान र्दुघटना
विदुर खबर
२०८० असोज ३ गते १३:५६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ तल्लो पिपलटारमा डिब्बा भ्यान र्दुघटना भएको छ ।
विरगन्जबाट त्रिशुलीतर्फ खाद्यान्न बोकेर आइरहेको बा ३ ख ५३९५ नम्बरको डिब्बा भ्यान र्दुघटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
र्दुघटनामा कुनैैपनि मानविय क्षति भने भएको छैन । गाडी अनियन्त्रित भएर र्दुघटना भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया