नुवाकोट प्रहरीले गर्यो भैरुम माविमा सचेतनामुलक कार्यक्रम

विदुर खबर २०७५ असोज ७ गते ११:२५

Advertisement

हात्तीगौडा असोज ७, नुवाकोट प्रहरीले आइतबारबाट “स्कुल स्कुलमा प्रहरी अभियान” अन्र्तगत कलेज स्तरीय सचेतनामुलक कार्यक्रमको शुरुवात गरेको छ ।

“स्कुल स्कुलमा प्रहरी अभियान” कार्यक्रम अन्र्तगत नुवाकोट प्रहरीले बिदुर नगरपालिका वडा नं ९ को हातिगौंडा रहेको भैरुम उच्च माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रा र छात्र गरी ८० भन्दा बढी विद्यार्थीलाई महिला तथा बालबालिका माथि हुने यौनजन्य हिंसा ,जबरजस्ती करणी लागु औषध,मानब बेचबिखन तथा ओसारपसार र साईबर अपराध सम्बन्धि कानुनी ज्ञानको ब्यबस्था र सुरक्षात्मक उपायहरु बारेमा सचेतनामुलक तालिम दिइएको प्रहरी सहायक निरिक्षक भोजराज थापाले विदुरखबरलाई बताउनुभयो ।

Advertisement

प्रहरी सहायक निरिक्षक थापाका अनुसार पहिलो चरणमा गरिएको तालिममा सबै विद्यार्थी सकेट्न नसकिएकोले दोस्रो चरणमा कक्षा १० का थप ७५ विद्यार्थीलाई समेटेर दोस्रो कार्यक्रम आयोजना गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यलय नुवाकोट र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुत्त आयोजनामा भएको सचेतनामुलक कार्यक्रमल आम विद्यार्थीलाई मानव वेचविखन, जवरजस्ती करण तथा आइबर अपराधको विषयमा जानकारी दिनका लागि गरिएको प्रहरी सहायक निरिक्षक भोजराज थापाले विदुरखबरलाई बताउनुभयो ।

प्रतिक्रिया