एकल गजल बाचन सम्पन्न

विदुर खबर २०७५ असोज ७ गते ४:३९

Advertisement

नुवाकोट असोज ७, साहित्य समाज नुवाकोटले गजलकार लक्ष्मण सङ्गमको एकल गजल बाचन कार्यक्रम शनिबार गरेको छ ।
अछाम जिल्लामा जन्मिएका गजलकार लक्ष्मण सङ्गमले विभिन्न ६ चरणमा गरी १७ वटा गजल बाचन गर्नुभएको थियो । लक्षमण संगमको एकल गजल बाचनले नुवाकोटमा रहेका गजलकारहरुलाई प्रेरणा मिल्ने साहित्यिक समाज नुवाकोटले जनाएको छ । गजलको क्षेत्रमा भर्खरै कलम चलाउन सुरु गरेकाहरुलाई प्रोत्शाहन गर्नका एकल गजल बाचन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका ८३ वर्षीय साजसेवी रामहरी रिमाल बाजेले उहाँको गजलहरुले असाध्यै मन छोएको प्रतिक्रिया दिनुभएको छ । कार्यक्रममा साहित्यकार शम्भूप्रसाद शर्मा, नुवाकोट साहित्य प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठ, प्राध्यापक द्वारिका पाण्डे, आदर्श बहुमुखि क्याम्पसको प्राध्यापक संघका अध्यक्ष दिपकराज सिलवाल, सर्जक सिताराम पौडेल, लोकबहादुर पुडासैनी लगायतले गजलकार संगमलाई सफलताको शुभकामना दिएका छन् । नुवाकोट साहित्य समाजले विविध साहित्यक गतिविधि गर्दै आएकोले आगामी दिनमा सर्जकको सम्मान र हौसलाको लागि फरकफरक शैलीको कार्यक्रमहरु गर्ने संस्थाका अध्यक्ष बद्रिबृन्द गजुरेलले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया