तारकेश्वरमा शिक्षक सरुवा कार्यान्यन नगर्ने हेडमास्टरसँग स्पष्टीकरण मागियो
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले काज सरुवा भएका शिक्षकहरूलाई रमाना दिन र हाजिरी गराउन अटेरी गर्ने विद्यालयका प्रधानाध्यापकहरूसँग स्पष्टीकरण मागेको छ ।
गत साता गाउँपालिकाले ८६ जना शिक्षकहरुको काज सरुवा गरेकोमा केही विद्यालयले सरुवा कार्यान्वयन गर्न अटेरी गरेकाले सात दिनभित्र चित्त बुझ्दो कारण सहित स्वयं उपस्थित भई स्पष्टीकरण पेस गर्न प्रधानाध्यापकहरूलाई पत्र काटिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीका अनुसार, अटेरी गर्ने शिक्षकहरूलाई पनि स्पष्टीकरण सोधी कारवाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । शिक्षकहरूलाई चलायमान बनाउन आफ्नो क्षेत्राधिकारभित्रका सबै शिक्षकको सरुवा गर्ने भन्दै गाउँपालिकाले पहिलो चरणमा एक तिहाइ शिक्षकको काज सरुवा गरेपछि सरुवाप्रति असन्तुष्टि जनाउँदै शिक्षक सङ्गठनहरूले निर्णय कार्यान्वयन नगर्न दबाब दिइरहेका छन् ।
अध्यक्ष अधिकारीले गाउँपलिकाले गरेको शिक्षक काज सरुवाको निर्णय कार्यान्वयन गर्नेमा आफू दृढ रहेको बताएका छन् । विशुद्ध शैक्षिक सुधारको उद्देश्यले गरिएको सरुवालाई लिएर अनावश्यक र भ्रामक प्रचारबाजी गरिएको भन्दै अध्यक्ष अधिकारीले शैक्षिक क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराख्न सम्बद्ध सबैलाई आग्रह समेत गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया