नुवाकोटको तारकेश्वर गाउँपालिकामा शिक्षकहरुको धर्ना

विदुर खबर २०८० भदौ २४ गते १६:०९

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा आईतवार शिक्षकहरुले धर्ना दिएका छन् ।

Advertisement

विभिन्न शिक्षक संगठनहरुले शिक्षक सरुवाको नाममा नियमविपरित र व्यक्तिगत प्रतिशोध साँधेको भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् । शिक्षकहरूले शिक्षक संघर्ष समिति गठन गरेर गाउँपालिकाको कार्यालयमा धर्ना दिएका हुन् ।

गाउँपालिकाले केहिदिन अगाडी ८६ जना शिक्षकहरूको सरुवा गरेको भन्दै शिक्षकहरु आन्दोलित बनेका हुन् ।

Advertisement

शिक्षकहरुले गाउँपालिकाले गरेको सरुवा बदर गर्नुपर्ने माग राखेका छन् । उनीहरुले धर्ना दिँदा पनि पालिका सहमतिमा नआएमा कानुनी लडाइँ लड्ने समेत बताएका छन् ।

तर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले भने गाउँपालिका भित्रको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुको सरुवा गर्ने निर्णय गरिएको बताएका छन् । अधिकारीले सबै तह र तप्काबाट यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए ।

Advertisement

गुणस्तरीय शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकता भएकाले यसलाई मध्यनजर गर्दै आगामी दिनमा पनि विभिन्न नीतिहरु अबलम्बन गर्दै जाने भन्दै उनले शिक्षक सरुवालाई भड्काउने र शिक्षकहरुलाई दिगभ्रमित पार्नेहरुबाट सचेत ।हन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया