छहरे–टोखा सुरुङमार्ग बनाउन चीन तयार छ : अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले छहरे–टोखा सुरुङ निर्माणलाई प्राथमिकता दिइएको बताएका छन् ।
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालले चीन सरकारसँग सुरुङ मार्गको प्रस्ताव अर्थमन्त्रालयले राखेको पनि अर्थमन्त्री महतले बताए । शनिबार विदुरमा नेपाली कांग्रेस नुवाकोटद्वारा आयोजित तिज विशेष कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । मन्त्री महतले सुरुङ मार्गको विषयले लामो समय चर्चा पाएको भन्दै थोरै बजेटले निर्माण सम्पन्न नहुने बताए ।
एक अर्बको बजेट राखें । यद्यपि यो ४०/५० अर्ब लाग्ने आयोजना हो । हाम्रो अहिलेको प्रयासले पुग्दैन । त्यसो हुनाले प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चीन सरकारसँग के-के सहयोग लिने भन्ने कुरा गर्दा सुरुङ मार्ग निर्माण चाहिँ चीन सरकारलाई सहयोग प्रस्ताव राखेका छौं । त्यो भयो भने यसले पूर्णता पाउँछ,’ अर्थमन्त्री महतले भने ।
यस्तै उनले सुरुङ निर्माणका लागि केही धैर्य गर्न जिल्लावासीलाई आग्रह गरेका थिए । सुरुङ निर्माण गर्न डीपीआर बनाउन केही समय लाग्ने पनि उनको भनाइ थियो । ‘सुरुङ मार्ग धेरै जटिल विषय हो । त्यसमा यथेष्ठ ध्यान दिनुपर्ने हुन्छ । त्यो प्रारम्भिक अध्ययन सकेर वातावरणीय अध्ययन आज/भोलि नै पूरा हुँदैछ । त्यसमा सम्बन्धित निकायलाई लगातार भनिराखेको छु,’ मन्त्री महतले भने ।
वातावरणीय प्रतिवेदन दिएपछि पूर्ण डीपीआर गर्न पनि चीन सरकार गर्न तयार रहेको उनले बताए । ‘हामी गर्छौं । यसलाई अगाडि बढाउँछौं भन्ने कुरा चिनियाँ पक्षबाट आएको छ । केही समय धैर्य गर्नुस् । यो आयोजना अवश्य अगाडि बढ्छ,’ अथमन्त्री महतले भने ।
सुरुङमार्ग बनेपछि काठमाडौं–नुवाकोटको दूरी छोटिएर नुवाकोटको कायपलट हुने पनि उनले आश्वासन दिएका थिए । त्रिशुली–बालाजु सडक लामो समयसम्म नबन्दा त्यहाँका जनताले दु:ख पाएको भन्दै मन्त्री महतले ठेक्कामा समस्या आएको र अब चाँडै कार्यान्वयन हुने बताएका थिए ।
यस्तै गंगटे–समुन्द्रटार–गोल्फुभन्ज्याङ सडकलाई यथेष्ट बजेट राखिएको पनि उनले जानकारी दिए । तर निर्वाचन क्षेत्र १ मा मात्रै बजेट केन्द्रित गरेको आरोपको उनले खण्डन गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया