रिलायवल नेपाल लाईफ इन्स्योरेन्सद्धारा दाङसिङ माविमा शैक्षिक सामाग्री वितरण

नुवाकोट । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखाले तारकेश्वर गाउँपालिका वडा नम्बर १ मा रहेको दाङसिङ माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
शुक्रवार इन्स्योरेन्सको छैठौँ वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दानसिंङ माविमा रहेका असहाय, गरिव र जेहेन्दार ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखाका शाखा प्रमुख पन्चवहादुर तामाङले जानकारी दिए ।
उनले बार्षिक उत्सवमा विपन्न तथा गरिव बालबालिका अध्ययनरत विद्यार्थीहरुलाई गरिएको शैक्षिक सहयोगले उनीहरुको शैक्षिक गुणस्तरको विकासमा सहयोग पुग्ने बताए । सरकारी विद्यालयको शैक्षिक गुणस्तर विकासमा सबै निकायको सहयोग र सहकार्य आवश्यक हुने उनको भनाई थियो ।
वितरण गरेको शैक्षिक सामाग्रीहरुमा कपि, पेन, रङ र ज्योमेट्रि वक्स रहेको रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखाका एजेन्सी म्यानेजर रोनिस लोप्चन तामाङले जानकारी दिए ।
विद्यालयको सिफारिसमा विद्यार्थीहरु छनौट गरि शैक्षिक सामाग्री वितरण गरेको रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखाले जनाकारी दिएको छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य अमर वहादुर तामाङ, विद्यालयका प्रध्यानाअध्यापक हरि प्रसाद अधिकारी, रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखाका एजेन्सी म्यानेजर आइरिस लोप्चन तामाङ र रेन्छन तामाङ लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया