शिवपुरी र पन्चकन्यामा मन्दिर निर्माण गर्न खड्काको सहयोग

विदुर खबर २०८० भदौ २१ गते १३:१७

नुवाकोट । नेकपा एमाले नुवाकोटका नेता तथा समाजसेवी शुशिल खड्काले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नुवाकोटको पन्चकन्या र शिवपुरी गाउँपालिकामा कृष्ण मन्दिर निर्माण गर्नको लागि झण्डै एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

Advertisement

पन्चकन्या गाउँपालिका वडा नम्बर २ कोर्थोकमा कृष्ण मन्दिुर पुन निर्माणको लागि खड्काले आफ्नो तर्फबाट २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । २०७२ सालमा गएको भुकम्पले क्षतिग्रस्त बनेको कृष्ण मन्दिर पुन निर्माणको लागि सहयोग गर्न पाउँदा खुशी लागेको खड्काले बताए ।

त्यस्तै उनले शिवपुरी गाउँपालिका वडा नम्बर ८ खनियाचौर भन्ने स्थानमा समेत श्री कृष्ण प्रणामी मन्दिर निर्माणकै लागि २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

             शिवपुरीको खनियाचौरमा श्री कृष्ण मन्दिर निर्माणको लागि सहयोग रकम हस्तान्तरण गर्दै शुशिल खड्का ।

Advertisement

खड्काले आफुनै व्यत्तिगत खर्चमा शिवपुरी गाउँपालिकामा नै रहेका अन्य देवालयहरुको निर्माणको लागि भन्दै थप २५ हजार रुपैयाँ सहयोग गरेका छन् । तिर्थ गर्न टाढा जान नपर्ने भन्दै खड्काले आफ्नै जिल्लाका मन्दिरहरुको पुन निर्माणको लागि आर्थिक सहयोग गरेको बताए ।

पन्चकन्या २ का स्थानियले मन्दिर पुन निर्माणको क्रममा आर्थिक अभाव भएको बताएपछि आफुले सहयोग गरेको खड्काले बताए । उनले मन्दिर निर्माणको लागि सहयोग गर्न पाएको भन्दै आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने बताए ।

Advertisement

प्रतिक्रिया