बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा महादेबफाट जनस्वास्थ्य सेवा प्रालि सुरु
नुवाकोट, स्बास्थ्य सेवालाई नागरिकहरु माझ सहज रुपमा उपलब्ध गराउने उद्धेश्यका साथ नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा महादेबफाट जनस्वास्थ्य सेवा प्रालि सुरु भएको छ । शुक्रबार एक कार्यक्रमबीच प्रदेश सांसद केशव पाण्डेले अस्पताल उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रदेश सांसद पाण्डेले अस्पताल स्थापनाले बेलकोटगढी नगरपालिका र तार्केश्वर गाउँपालिकाका नागरिकहरुलाई प्रत्यक्ष टेवा पुग्ने भएकोले गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ । साथै उहाले मानव जीवनको लागी स्वास्थ्य महत्वपुर्ण रहेको भन्दै अस्पताललाई सुविधा सम्पन्न र व्यवस्थित बनाउन प्रदेश सभाबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै, कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद हिरानाथ खतिवडाले स्थानियलाई छिटो, छरितो सेवा प्रदान गर्नको लागी स्थापना भएको अस्पतालले कोही बिरामी पनि उपचारबाट बञ्चित नहुने बताउनुभएको छ । कार्यक्रममा बेलकोटगढी नगरपालिकाको प्रमुख राजेन्द्ररमण खनालले नागरिकहरु सामान्य बिरामी हुदा सदरमुकाम बिदुर र राजधानी जान पर्ने बाध्यता अन्त्य भएकोले अस्पतालबाट बिरामीलाई सरल र सुलभ रुपमा स्वास्थ्य सेवा लिन पाउने व्यवस्था मिलाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । स्थानिय ५० जनाको लगानीमा सञ्चालनमा आएको जनस्वास्थ्य सेवा प्रालिको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष गेहेन्द्रबहादुर न्यौपानेले उपचार गराउन आएका बिरामीहरुलाई छिटो, सरल तथा गुणस्तर सेवा दिन अस्पताल प्रतिवद्ध रहेको जनाउनुभएको छ । कार्यक्रममा बेलकोटगढी नगरपालिकको उपप्रमुख कबिता ढुङगाना, तार्केश्वर गाउँपालिका उपाध्यक्ष तारादेबी रिमाल, नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष केदारनरसिंह केसी, बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष हेमनिधि नेपाल, महादेब बहुमुखी क्याम्पस रातमाटेका अध्यक्ष रामचन्द्र नेपाल लगायतले अस्पताल स्थापनाले बिरामीहरुलाई स्थानिय स्तरबाटै टेवा पुगेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया