त्रिभुवन त्रिशुली माविले इन्जिनियर अध्यापनको लागि गर्ने दशै महोत्सव कुनैपनि हालतमा गर्ने निर्णय,दबाब अभियान समेत संचालन गर्ने

विदुर खबर २०७५ असोज ३ गते १:३१

Advertisement

नुवाकोट भदौ ३, त्रिभुवन त्रिशुली माविले आगमाी असोज २२ गतेदेखि ३० गतेसम्म गर्ने भनेको दशै महशोत्सव कुनैपनि बहानामा नरोकिने र त्यसको लागि स्थानीयबासीसँग मिलेर जनदबाद दिने बताएको छ ।

मंगलबार विद्यालय परिसरमा स्थानीय बजारका व्यापारी, स्थानीयवासी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहितको छलफलले आफुहरुले पवित्र कामको लागि गर्न लागेको महोत्सव कुनैपनि हालतमा सिमित व्यत्तिको स्वार्थमा नरोकिने र सरोकारवाला निकायसँग छलफल गरी अघि बढ्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले विदुरखबरलाई बताए । नुवाकोट वाणिज्य संघ र विदुर नगरपालिकाले आफुलाई महोत्सव गर्न नदिँन दबाब आएकोले महोत्सब नगर्न दबाब दिइरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालय व्यवस्थापन समितिले महोत्सव गर्ने विषयमा नुवाकोट चेम्बरसँग पनि छलफ गरेको बताएको छ । छलफलको क्रममा चेम्बरले पवित्र कामको लागि गर्न लागिएको महोत्सवलाई साथ दिने बताएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रधानले जानकारी दिए ।

Advertisement

सिभिल इन्जिनियरिङको पढाई सञ्चालन गर्न तीन वर्षमा ४५ लाख खर्च हुने र पहिलो वर्ष १५ लाख खर्च हुने भएकोले रकम जुटाउन दशैं महोत्सव सञ्चालन गर्न लागेको प्रधानले बताए । विद्यालयले केही समयअघि पत्रकार सम्मेलनमा आगामी दशैंमा आयोजना गर्ने महोत्सवबाट विद्यालयको उद्देश्य पुरा हुने बताइएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य कूलबहादुर खड्गीले जिल्लामा नयाँ विषयको पठनपाठन गराउनको लागि महोत्सव आयोजना गर्न लागिएकोले महोत्सव कुनैपनि हालतमा नरोकिने बताए । “खड्कीले भने सरकारले सिन्डीकेट खारेज गरिसकेको अवस्थामा महोत्सव कुनैपनि व्यत्तिको पेवा होइन पवित्र काममको लागि गर्ने महोत्सव रोकिने कुरै आउँदैन ।”

छलफल कार्यक्रममा आफुहरुले स्थानीय व्यापारीसँग छलफल गरेर मात्र महोत्सवको तयारी गरेको भन्दै विद्यालयका प्रध्यानाअध्यापक महेन्द्र रावतले बताए । प्रअ रावतले कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन सञ्चालन गरेर जिल्लाका विद्यार्थीलाई विज्ञान अध्ययन गर्ने अवसर दिएको विद्यालयले अब सिभिल इन्जिनियरिङ विषयको पढाई समेत सञ्चालन गर्न दशै महोत्सव आयोजन लागेकोले कसैले त्यसलाई व्यापार र राजनितिसँग जोडेर हेर्न नहुने बताए । बि.स. २००७ सालमा स्थापना भएको तत्कालिन पश्चिम १ नंम्बर नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीन वर्षे सिभिल इन्जिनियरिङको स्नातक तहको पठनपाठन शुरु हुन लागेको हो ।

Advertisement

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिइभिटी)ले तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकोले यसै वर्षदेखि पढाई शुरु गर्न लागिएको गरिएको विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रधानले बताए । विद्यालयले एक शैक्षिक सत्रमा ४८ जना विद्यार्थीले पढ्न पाउने भएका छन् । इन्जिनियरिङ विषय पढ्नको लागि विगतमा राजधानी काठमाडौं, चितवनतिर विद्यार्थी जानु पर्नेमा जिल्लामै सञ्चालन भएपछि सहज भएको छ । सिभिल इन्जिनियर कक्षाको पठन पाठनले अन्य विद्यार्थीलाई असर नहोस् भनेर छुट्टै ब्लक निर्माण गरि पढाई सञ्चालनको तयारी भईरहेको विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रधानले बताए ।

सिभिल इन्जिनियरिङको लागि आवश्यक प्रयोगशाला कक्षा, कम्प्युटर कक्षा लगायतका भौतिक पूर्वाधारहरु तयार पारिसेकेको विद्यालयका शिक्षक राजेन्द्र दवाडीले जानकारी दिए । कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन सञ्चालन गरेर जिल्लाका विद्यार्थीलाई विज्ञान अध्ययन गर्ने अवसर दिएको विद्यालयले अब सिभिल इन्जिनियरिङ विषयको पढाई समेत सञ्चालन गरेर सिभिल इन्जिनियरिङ अध्ययन गर्ने चाहनेले जिल्ला बाहिर जान पर्ने समस्या समाधान भएको विद्यालयका ा प्रधानाध्यापक महेन्द्र रावतले बताउनुभयो । अहिले विद्यालयले इन्जिनियरङ अध्यापन गराउनको लागि गर्न लागेको दशै महोत्सवको विरोधमा विदुर नगरपालिकाको कार्यलय र नुवाकोट उद्योग वाणिज्यसंघ लागिपरेको विद्यालय स्रोतले जनाएको छ । तर विद्यालयलाई महोत्सव गर्न जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय र विदुर नगरपालिकाको वडा नं १ ले अनुमति दिइसकेकोले कुनैपनि वहानामा विद्यालयले पवित्र कामको लागि गर्ने दशै महोत्सव नरोकिने विद्यालय व्यवस्थापन समतिलका अध्यक्ष प्रधानले बताए ।

प्रतिक्रिया