विदुर ११ गेर्खुमा कांग्रेसका सभापतिसहितका पदाधिकारीले राजीनामा दिए

विदुर खबर २०८० भदौ १३ गते १४:५१

नुवाकोट । नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ११ का पदाधिकारीहरुले पदबाट सामुहिक राजीनामा दिएका छन् ।

Advertisement

पार्टीभित्रको आन्तरिक किचलोका कारण विदुर नगरपालिका वडा नं ११ का इकाई सभापतिसहित सचिव र कोषाध्यक्षले पदबबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कार्यवहाक सभापति ज्ञानप्रसाद प्याकुरेल ,सचिव नमराज चालिसे र कोषाध्यक्ष कुल प्रसाद तिमिल्सिना रहेका छन् ।

उनीहरुले राजीनामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति रमेश महत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जगत लामा र विदुर नगरपालिकाका नगर सभापति हरिलाल श्रेष्ठलाई बुझाउने तयारी गरेका छन् ।

Advertisement

सभापति सहित पदाधिकारीहरुले विकास निर्माणमा आफ्नो वडालाई पछि पारिएको, पार्टीभित्र गुट मौलाएको लगायतका विषय उल्लेख गर्दै राजीनामा दिएका छन् । राजीनामा पत्रमा आफूहरुले उठाएको विषयहरुमा सम्बोधन हुने विश्वास उनीहरुले गरेका छन् ।

यस्तै नगरपालिकामार्फत हुने विकास निर्माणमा पार्टीको सहयोग नभएको, वडामा बजेट विनियोजन गर्दा भेदभाव गरेको लगायतको आरोप लगाइएको छ ।

Advertisement

विदुर ११ मा पार्टी सभापति शेरबहादुर घलेको निधन भए पछि प्याकुरेललाई केही दिन अघि मात्रै नगरले सहमतिमा कार्यवहाक सभापति बनाएको थियो ।

प्रतिक्रिया