धादिङका किसान ‘ड्रागन फ्रुट’को व्यावसायिक खेतीमा रमाउँदै
नुवाकोट । धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् ।
नीलकण्ठ नगरपालिका-१ पात्ले र नीलकण्ठ-१२ साङ्कोषमा लगाइएको ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु भएको हो । ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ‘ड्रागन फ्रुट’ टिप्ने सिजन सुरु भएको छ ।यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ-१२ का छविन्द्रनारायण श्रेष्ठले बताए ।
उनले करिब १० रोपनी पखेरा बारीमा आठ सय बिरुवा लगाएका छन् । २०७८ सालबाट ड्रागन फ्रुट खेती सुरु गरेका उनले दोस्रो पटकको आम्दानी लिन थालेका छन् ।अहिले चार सय बिरुवाले फल दिन थालेको छ । ड्रागन फ्रुट लिन घरैसम्म मानिस पुग्ने गरेका छन् । उनले भने, ‘घरैमा पुग्नेलाई प्रतिकिलो रु पाँच सयमा बिक्री गरिरहेको छु ।’
टाढा-टाढाका मानिस खेती हेर्नकै लागि मात्रै पनि बारीमा पुग्ने गरेका छन् । किसान श्रेष्ठले फेसबुकमा ड्रागन फ्रुट पाकेको सूचना हालेपछि यतिखेर ताजा फल खान र चाख्नैका लागि जनाउँदै फल किन्न बारीमै पुग्ने गरेका छन् । औषधीय गुण हुने र नेपालकै लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको उहाँको भनाइ छ । उनले भने, ‘विसं २०५० तिर शिक्षकको जागिर छाडेपछि कृषि पेसा अँगाल्दै आउनुभएको छु । ड्रागन फ्रुट खेतीका लागि रु २२ लाख लगानी भइसकेको छ । यसलाई अझ विस्तार गर्ने सोचमा रहेको छु ।’
कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै उनी व्यावसायिक ड्रागन फ्रुट खेतीमा रमाउन थालेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् व्यवसायी श्रेष्ठ । ड्रागन फ्रुटको बजारमा माग थेरै रहेको हुँदा माग अनुसार ड्रागन फुडसमेत बजारमा नरहेको उनले बताए । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ जनाउँदै ड्रागन फ्रुट खेतीको सुरुआत गरिएको र ड्रागन फ्रुटको उत्पादनभन्दा बजारमा माग बढिरहेको बताए ।
उनका अनुसार फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ । कृषिमा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवर्द्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदानलगायतका सहयोग पाउने वातावरण हुनुपर्ने श्रेष्ठको माग छ । नेताका पछि लागेकालाई दिने गरेको अनुदानले कृषि क्षेत्रको प्रवर्द्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले सबै वादभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न उनको आग्रह छ ।
नीलकण्ठ-१ का गणेश गुरुङले पनि दुई वर्षअघिदेखि बिक्री गरिरहेका छन् । तीन रोपनी बारीमा दुई सय बोट ड्रागन लगाउनुभएका गुरुङले यो वर्ष पनि धमाधम बिक्री गरिरहेका छन् । भारतीय सेनाको जागिरबाट पेन्सन पकाएर ड्रागन फ्रुटको खेती सुरु गरेका गुरुङले अहिले आम्दानी लिइरहेका छन् ।
एकपटक बिरूवा लगाएपछि समय-समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव गुरुङले बटुलेका छन् ।
गुरुङको बारीबाटै प्रतिकेजी रु पाँच सयदेखि छ सयसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएका फल धादिङबेँसी बजारमा नै खपत भइरहेको छ । जिल्लाभर एक दर्जन किसानले यसको खेती सुरु गरेका छन् । गर्मी समयको वैशाखदेखि मङ्सिरसम्म मुख्यरूपमा फल दिने ड्रागन फ्रुट वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्नेक्रम एकसाथ चलिरहन्छ ।
उनको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनका लागि पनि कोपिला बसिसकेको छ । ड्रागन फ्रुट रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया