त्रिशुलीमा २६ जनाले रत्तदान गरे

विदुर खबर २०८० भदौ ९ गते २०:३८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ को त्रिभुवन त्रिशुली बहुमुखी कलेजमा आयोजित रत्तदान कार्यक्रममा २६ जना रत्तदाताले रत्तदान गरेका छन् ।

Advertisement

टिमुरे यातायात प्रालिको आयोजना तथा ब्लड रिक्वेष्ट नुवाकोटको समन्वय र नेपाल रेडक्रस सोसाईटी रत्तसंचार केन्द्र कोलनीको प्राविधिक सहयोगमा रत्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा २६ जनाले रत्तदान गरेको आयोजक टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । उनले टिमुरे यातायातको संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रत्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

Advertisement

पछिल्लो समय रगत अभाव भएको भन्दै विभिन्न स्थानमा रत्तदान कार्यक्रम भइरहेको छ ।

प्रतिक्रिया