शिवपुरीको महाकाली स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको बेबी वार्मर

विदुर खबर २०८० भदौ ८ गते २१:०३

नुवाकोट । ज्योति विकास बैंक छहरे शाखाले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको महाकाली स्वास्थ्य चौकीलाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ ।

Advertisement

शुक्रवार एक कार्यक्रमको आयोजना गरि छहरे शाखाले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत महाकाली स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको हो ।

बैंकले स्वास्थ्य चौकीलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको जनाएको छ । स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका कर्मचारीहरुले महाकाली स्वास्थ्य चौकीमा सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।

Advertisement

कार्यक्रम अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम समेत प्रदान गराईएको छ ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट महाकाली स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

Advertisement

बैंकले डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा “न्यानो नानी परियोजना” अन्तर्गत पछिल्लो ३ वर्षमा देशका ३५ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ ।

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया