केसीको प्रश्न : सत्तामा बसेका शक्तिसम्पन्नको मिलेमतो नभई एयरपोर्टबाट सुन बाहिरिन्छ ?
नुवाकोट । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सत्तामा रहेका शक्तिसम्पन्न व्यक्तिको मिलेमतोबिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरे ।
उनले दुईटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट क्विन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने उल्लेख गरे ।
‘एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्तिसम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ’ उनले भने ।
उनले अहिले प्रतिपक्षले संसदलाई बन्धक बनाइरहेको आरोप लगाए । ‘प्रतिपक्षले संसद अवरोध गर्ने अनि सत्तापक्षलाई गाली गरेर के हुन्छ ? संसदलाई जहिले पनि बन्धक राख्नेकुरा प्रतिपक्षको निरन्तर स्वभावकै रुपमा परिणत भएको छ । पहिला ५९ दिन संसद बन्द भएको इतिहास छ । अहिले पनि त्यस्तै चल्दैछ’ उनले भने ।
विपक्षीले उठाएका कतिपय मुद्दाहरुमा आफ्नो सहमति रहेको केसीले बताए ।’उहाँहरुले उठाउनुभएको इएस्युजहरुमा हाम्रो पनि सहमति छ ।
जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु । सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरु राखेर समिति बनाऔं’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ





प्रतिक्रिया