विदुरमा यौनधन्दा फस्टाउँदै, अवैध यौन कार्य संचालन गरेको आरोपमा पाँच पक्राउ


नुवाकोट असोज २÷नुवाकोटको विदुरमा अबैध यौनधन्दा फस्टाउन थालेको छ ।
अबैध रूपमा यौन धन्दा चलेपछि प्रहरीले यसविरूद्ध आक्रामक रुपमा सफाया अधियान नै संचालन गरेपछि विदुरबाट अवैध यौन व्यवसाय संचालन गरेको आरोपमा तीन महिलासहित पाँजना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा बिदुर नगरपालिका–२ की २२ वर्षीया मञ्जु बस्नेत, धादिङको नेत्रावती गाउँपालिका–३ की ४० वर्षीया सुवानी लामा, बिदुर नपा–१२ का २५ वर्षीय मदुसुधन रिमाल, बिदुर नपा–१२ का २२ वर्षीय रमेश अर्याल र विदुर नपा–५ का ४० वर्षीय सुरेन्द्र कुमालल रहेको जिप्रका नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले विदुर खबरलाई बताए ।
पक्राउ परेकाहरुले रोजगारीको खोजीमा रहेका १५, २१ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै देहव्यापारमा लगाइएको फेला परेपछि गरिएको हो । रोजगारीको खोजीमा रहेका २१, १५ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै देहव्यापारमा लगाइएको फेला परेपछि पाँचजनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको कुँवरले बताए । पिडितहरुले जिल्ला अदालत नुवाकोटमा होटल संचालकले काम लगाइदिने भन्दै ल्याएर देहव्यापारमा लगाएको समेत बयानमा बताएको नुवाकोट प्रहरीले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया