नुवाकोटको माझथोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सख्त घाइते
विदुर खबर
२०८० साउन २५ गते १७:२४
नुवाकोट ।नुवाकोटको बेलकोटगढी नगरपालिका–८ माझथोकस्थित गल्छी त्रिशूली सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भइ सडकबाट तल खस्दा दुई जना सख्त घाइते भएका छन् ।
प्र.३–०२–००८ प ७९४६ नम्बरको मोटरसाइकल चालक काठमाडौंबाट विदुरतर्फ आउँदै गरेको अवस्थामा चालक काठमाडौं महानगरपालिका ३१ का ३९ का सुरेन्द्र तिमिल्सिना र सवार सोही ठाउँका ४६ वर्षीय अनन्द सुवेदी सख्त घाइते भएका छन् ।
उनीहरु सडकबाट ७ मिटर तल खस्दा चालक तिमिल्सिनाको टाउको, दुवै हातगोडामा चोट लागेको छ भने पडाडि सवार सुवेदीको दुवै हातगोडामा चोट लागेको छ ।
देवीघाट प्रहरी चौकीले घाइते दुवैलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूलीमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं लैजान लागिएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले घाइतेलाई थप उपचारको लागि काठमाडौं पठाउन लागिएको बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया