नुवाकोटको माझथोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सख्त घाइते

विदुर खबर २०८० साउन २५ गते १७:२४

नुवाकोट ।नुवाकोटको बेलकोटगढी नगरपालिका–८ माझथोकस्थित गल्छी त्रिशूली सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भइ सडकबाट तल खस्दा दुई जना सख्त घाइते भएका छन् ।

Advertisement

प्र.३–०२–००८ प ७९४६ नम्बरको मोटरसाइकल चालक काठमाडौंबाट विदुरतर्फ आउँदै गरेको अवस्थामा चालक काठमाडौं महानगरपालिका ३१ का ३९ का सुरेन्द्र तिमिल्सिना र सवार सोही ठाउँका ४६ वर्षीय अनन्द सुवेदी सख्त घाइते भएका छन् ।

उनीहरु सडकबाट ७ मिटर तल खस्दा चालक तिमिल्सिनाको टाउको, दुवै हातगोडामा चोट लागेको छ भने पडाडि सवार सुवेदीको दुवै हातगोडामा चोट लागेको छ ।

Advertisement

देवीघाट प्रहरी चौकीले घाइते दुवैलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूलीमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं लैजान लागिएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले घाइतेलाई थप उपचारको लागि काठमाडौं पठाउन लागिएको बताए ।

Advertisement

 

प्रतिक्रिया