नुवाकोट निर्माण व्यवसायी संघको निर्वाचनमा सुमन अधिकारीको प्यानल नै विजयी

विदुर खबर २०७५ असोज १ गते १०:११

Advertisement

नुवाकोट असोज १,नुवाकोट निर्माण व्यवसायी संघको निर्वाचनमा सुमन अधिकारीको प्यानल नै विजयी भएको छ । सोमबार विहान सम्पन्न मतगणनामा अधिकारीको सबै प्यानल नै विजयी भएको निवाउचन अधिकृत आत्मकुमार शाहले विदुरखबरलाई बताए ।

शाहका अनुसार अध्यक्षमा विजयी भएका निवर्तमान अध्यक्ष तथा निवनिर्वाचित अध्यक्ष सिमन अधिकारीले २ सय ३१ मत प्राप्त गरी विजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्धन्दी कृष्णप्रसाद थपलियालाई ७२ मताँतरले पराजित गरेका हुन थपलियाले एकसय ५९ मत प्राप्त गरेका थिए । त्यस्तै संघको वरिष्ट उपाध्यक्षमा शैलेन्द्रराज प्याकुरेलले २ सिय ४० मल ल्याएर विजयी भएका छन । उनका प्रतिद्धन्दी होमबहादुर तामाङले एकसय ६० मत प्राप्त गरेका थिए । त्यस्तै संघको प्रथम उपाध्यक्षमा गणेशबहादुर तामाङ, दितिय उपाध्यक्षमा पशुपति थापा, महासिचवमा रमेश वस्नेत, उपमासचिवमा गोकर्ण थपलिया, सचिवमा रामसिंह लामा, सहसचिवमा भगवान अधिकारी। कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा शिवलाल श्रेष्ठ विजयी भएका छन ।

Advertisement

त्यस्तै विजयी भएका सदस्यहरुमा रामचन्द्र श्रेष्ठ, रमेश वोगटीर राजनप्रसाद जमरकट्टेल, श्रीराम तामाङ, दशरथ थापा, श्यामबहादुर तामाङ, कुमारप्रसाद गौतम, काजीमान डंगोल, श।ण घले तामाङ, विक्रम घले, विनोद थापा रहेको मतदान अधिकृत पुस्कर शर्मा रिमालले बताए । निर्वाचति भएका सबै पदाधिकारीले सोमबार विहानै सपथ खाएर कार्यभार समाल्न थालिसकेका छन ।। अध्यक्षमा निर्वाचितत भएका अधिकारीले सबैलाई मिलाएर अब अघि बढ्ने बताए ।

 

Advertisement

प्रतिक्रिया