रसुवामाको माथिल्लो साङ्जेन जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू

विदुर खबर २०८० साउन २३ गते २१:२०

रसुवा । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बु जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू भएको छ ।

Advertisement

माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४.८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट साउन २० देखि उत्पादन हुन थालेको हो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा पठाउन थालिएको छ ।

साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार सन् २०१३ देखि निर्माण सुरू भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युतको राष्ट्रिय प्रसारण लाइनमार्फत केन्द्रीय भण्डारणमा पठाइ सकिएको छ ।

Advertisement

विद्युत् उत्पादनका लागि समुद्र सतहबाट २ हजार ३५० मिटरको उचाइ तिलुचे बगरमा बाध बाँधेर १ हजार ३०० मिटर भूमिगत सुरूङ एवं १५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेन्ड ११.६ घनमिटर पानी सिम्बु गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पुर्‍याइएको छ ।

तीनवटा फ्रान्सिस टरवाइनमार्फत वार्षिक ८ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट वार्षिक ४० करोड आय हुने प्रबन्ध निर्देशक ढुङ्गेलले बताए ।

Advertisement

विद्युत् गृह रहेको स्थान समुद्र सतहदेखि २ हजार १८० मिटरको उचाइमा छ । यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले १०१.८ मेगावाट विद्युत् उत्पादन गराएको छ ।

यसअघि २०६० सालमा २२ मेगावाट क्षमताको चिलिमे, २०७१ मा ५ मेगावाट क्षमताको मैलुङ्खोला र २०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि–ए जलविद्युत् केन्द्रले उत्पादन दिएको छ ।

प्रतिक्रिया