अधेरी खोलाले बगाउँदा तुप्चेका खड्का बेपत्ता

नुवाकोट । अविरल वर्षासँगै आएको बाढीका कारण विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेको अधेरी खोलाले एक जनालाई बेपत्ता बनाएको छ ।
बेपत्ता हुनेमा विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका अन्दाजी ३१ वर्षका प्रदिप खड्का रहेका छन् । आउँटारबाट तुप्चे (रातमाटे) तर्फ गइरहेका उनलाई अन्दाजी १० ः ३० बजे खोलाले बगाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
शुक्रवार राती पानी परेसँगै अधेरी खोलाको पुलमाथिबाट पानी बगेको थियो । अधेरी खोलाबाट झण्डै एकसय मिटर तल उनले चढ्ने गरेको बा ८९ प ९५३८ नम्बरको कालो रङको पल्सर मोटरसाईकल र रेनकोट भेटिएको विदुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र नेपालले जानकारी दिए । खड्का हिजो राती देखिनै सम्पर्कविहिन भएको उनको खोजी भइहरेको वडाध्यक्ष नेपालले जानकारी दिए ।
बेपत्ता भएका खड्कालाई खोलाले बगाएको आशंकमा अहिले खोजी भइरहेको छ । खोजी कार्यका लागि सशस्त्र प्रहरीको तालिम प्राप्त डिजास्टर म्यानेजमेन्ट टोलीसहित जनपथ प्रहरी, जनप्रतिनिधि र स्थानियहरु खटिएका छन् ।
सशस्त्र प्रहरीको तालिम प्राप्त डिजास्टर म्यानेजमेन्ट टोलीले त्रिशुली खोलाको दोभानमा खोजी गरिरहे पनि नभेटिएको शसस्त्र प्रहरी विदुरका डिएसपी जगन्नाथ खड्काले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया